डिशहोमको इन्टरनेट जोड्दा ३ महिनाको बोनससहित निशुल्क फाइभ जी राउटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2024 | 06:08:07 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवातसँगै डिशहोमले एनपीएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित निःशुल्क राउटरको अफर ल्याएको छ ।

डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारइक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved