वर्ल्डलिंकको दुवै लाइसेन्स नवीकरण, ग्राहकलाई थप गुणस्तरीय सेवाको प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2024 | 10:50:55 AM मा प्रकाशित

laxmi sunrise bank

बिगत २९ वर्ष देखि सेवा दिँदै आएको वर्ल्डलिंकले आफ्नो २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरी सकेको जानकारी दिएको छ। यी लाइसेन्सहरु प्राप्त भए सँगै अब नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको रूपमा २५ वर्षका लागि नयाँ लाइसेन्स जारी भएसँगै वर्ल्डलिंकले सबैलाई धन्यवाद दिदै यस्तो बताएको हो । 

मंसिर १३ गतेका दिन दुवै लाइसन्स नवीकरण भए सँगै यो संस्थाको विश्वसनीयता र क्षमता थप बलियो भएको कम्पनीले बताएको छ । वर्ल्डलिंक, संवैधानिक हकको प्रयोग गर्दै मर्मत सम्भार शुल्क सम्बन्धि मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा गएको थियो । 

उक्त मुद्दामा सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटामात्र कडी समाप्त भएको कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ ।  ‘सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानुनी दायित्व पुरा गरिसकेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यो लामो कानूनी प्रकृयामा यस संस्थालाई भरोसा दिलाउनु हुने र भरोसा गर्नु हुने आदरणीय ग्राहक महानुभावहरूप्रति वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड हार्दिक आभार प्रकट गर्दछ। यस प्रकृयामा प्रत्यक्ष–अप्रत्यक्ष सघाउनु हुने, चासो राखे र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ ।’ 

संस्थाले तिर्नुपर्ने भनि तोकिएको रकमका लागि तुरुन्तै ऋण उपलव्ध गराइदिनु हुने बैंकहरु प्रति पनि वर्ल्डलिंकले कृतज्ञता व्यक्त गरेको छ । 

यस्तै संस्था अन्तर्गत देशभर फैलिएको इन्टरनेट प्रविधिको सञ्जाल मार्फत् सूचना र सञ्चार क्षेत्रसँग जोडिने र कम्पनीको सेवा तथा गुणस्तरीय प्रतिबद्धतालाई विश्वास गर्दै यो अप्ठेरो समयमा आड र भरोसा प्रदान गर्ने सम्पूर्ण ग्राहक र प्रयोगकर्ताहरू तथा कर्मचारीहरुलाई समेत वर्ल्डलिंकले धन्यवाद दिएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved