
ग्लोबल टेक ब्राण्ड अनर ले आफ्नो नयाँ स्मार्टफोन सिरिज HONOR X5b सार्वजनिक गरेको छ। मध्य–स्तरका प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको यो सिरिज शक्तिशाली ब्याट्री, विशाल स्टोरेज, उन्नत एआइ क्यामेरा र आकर्षक डिस्प्लेसहित आएको छ।
कम्पनीकाअनुसार HONOR X5b सिरिजको ५२००mAh ब्याट्रीले एक पटक चार्ज गर्दा २२ घण्टासम्म इन्टरनेट ब्राउजिङ र २३ घण्टा सामाजिक सञ्जाल चलाउन पर्याप्त शक्ति दिन्छ। सुपर पावरसेभिङ मोडले १० प्रतिशत ब्याट्रीमा १९ घण्टासम्म स्ट्यान्डबाइ समय प्रदान गर्छ। १,००० चार्ज साइकलपछि पनि ब्याट्रीले ८० प्रतिशत क्षमता कायम राख्छ।
यो सिरिजमा ६४ जीबी र १२८ जीबी स्टोरेजको विकल्प उपलब्ध छ। HONOR X5b प्लस मा १२८ जीबी स्टोरेज छ, जसले धेरै डाटा सुरक्षित गर्न सहज बनाउँछ। र्याम टर्बो प्रविधिले ४ जीबी र्यामलाई ८ जीबीसम्म विस्तार गर्न सकिन्छ, जसले मल्टिटास्किङलाई सहज बनाउँछ।
५० एमपी एआइ मुख्य क्यामेरा र ५ एमपी सेल्फी क्यामेरासहितको यो फोनले एआइ क्ल्यारिटी इनह्यान्समेन्ट टेक्नोलोजीमार्फत उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ।
६.५६ इन्चको डिस्प्लेमा ९०Hz रिफ्रेस रेट र ५३० निट्स ब्राइटनेस छ। इ–बुक मोड, DC Dimming र Dynamic Dimming Display जस्ता सुविधाले लामो समय फोन प्रयोग गर्दा आँखालाई आरामदायी अनुभव दिन्छ।
मिडनाइट ब्ल्याक, ओसन ब्लु, र स्टार्री पर्पल रंगमा उपलब्ध यो सिरिजको प्रारम्भिक मूल्य १२,९९९ रुपैयाँ तोकिएको छ। अनर ले प्रयोगकर्ताहरूलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गरेको छ।