
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै शाओमीले ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै शाओमीले रेड्मी नोट रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ ५जी र रेड्मी नोट १४ प्रों ५जी गरी ४ मोडेलहरू सार्वजनिक गरेको हो ।
यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने कम्पनीले जनाएको छ ।
रेड्मी नोट १४ प्रों ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीको दाबी छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ।
ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रङ्गमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ।
२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ।
डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडिओ मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।
५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।
गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सनजस्ता एआई विशेषताहरू पनि उपलब्ध छ ।
रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा उपलब्ध हुनेछ । जुन २४ हजार ९९९ रुपैयाँ (६ /१२८ जीबी) र २७,९९९ रुपैयाँमा (८/२५६ जीबी) किन्न सकिनेछ ।
मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा पाइने रेड्मी नोट १४ ५जी ३० हजार ९९९ रुपैयाँ (८ /२५६ जीबी) र ३५ हजार ९९९ रुपैयाँमा (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।
यस्तै, रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा किन्न सकिनेछ । जसको मूल्य ३९ हजार रुपैयाँ ९९९ (८/२५६ जीबी) र ४४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।
रेड्मी नोट १४ प्रों ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा पाइनेछ । जसको मूल्य ४९ हजार ९९९ रुपैयाँ (८ /२५६ जीबी) र ५४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।