
नेपाली लाइफस्टाइल ब्रान्ड भाइब्सले आफ्नो नयाँ इयरबड्स संस्करण, भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ को लन्च घोषणा गरेको छ। यी इयरबड्स नेपाली उपभोक्ताहरूका लागि उच्च-प्रविधि, उत्कृष्ट ध्वनि र आकर्षक मूल्यको संयोजन गर्दै ल्याइएका छन्।
भाइब्स ब्रान्डले नेपाली युवाहरूद्वारा स्थापित एक घरेलु कम्पनीको रूपमा आफ्नो प्रतिष्ठा बलियो बनाउँदै आएको छ। कम्पनीका अनुसार, भाइब्स बासबड्स ३११ र ५११ ले संगीत प्रेमीहरू, गेमरहरू र व्यस्त व्यक्तिहरूका लागि अभूतपूर्व सुविधाहरू प्रदान गर्नेछन्। यी इयरबड्सहरू विशेष गरी नेपाली अडियो टेक्नोलोजीमा क्रान्ति ल्याउनको लागि डिजाइन गरिएको हो।
मुख्य विशेषताहरूः
१३ मिलिमिटर हाइब्रिड ड्राइभरहरूः ब्यास बुस्टसहित, यी इयरबड्सहरूले शक्तिशाली बास र क्रिस्टल क्लियर ध्वनि अनुभव प्रदान गर्दछन्, जसले तपाईंलाई नेपाली गीतहरू, पोडकास्ट र गेम खेल्दा अविस्मरणीय अडियो अनुभव दिन्छ।
ब्लुटुथ भी५.४ प्रविधिः १० मिटरको दायराभित्र स्थिर अडियो अनुभव सुनिश्चित गर्दछ। पर्यावरणीय आवाज हटाउने प्रविधि (ईएनसी)ः चर्को आवाजलाई हटाई, फोन कल र प्ले लिस्टमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ।
डुअल माइक सेटअपः आवाज स्पष्टता बढाउनका लागि, यो विशेषता विद्यार्थी र प्रोफेशनलहरूको लागि उपयुक्त छ। स्मार्ट टच कन्ट्रोलस् ट्र्याक परिवर्तन, भोल्युम समायोजन र फोनकलहरूलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ।
दीर्घकालीन ब्याट्री लाइफः भाइब्स बासबड्स ३११ ले २० घण्टा र ५११ ले २२ घण्टा प्ले टाइमको ग्यारेन्टी दिन्छ। युनिभर्सल कम्प्याटिबिलिटीः एन्ड्रोइड, आइओएस वा विन्डोज—यी इयरबड्स सजिलैसँग सबै उपकरणसँग जडान गर्न सकिन्छ।
किफायती मूल्य र विशेष अफरः भाइब्स ब्रान्डले उच्च–गुणस्तरीय प्रविधीलाई किफायती मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। भाइब्स बासबड्स ३११ र ५११ का अधिकतम खुद्रा मूल्य (एमआरपी) रु. १,५९९ छ, जबकि लन्च मूल्य रु. १,२९९ राखिएको छ। साथै, प्रत्येक खरिदमा रु. ३०० को दराज भाउचर पनि उपलब्ध गराइएको छ। यी नयाँ इयरबड्सहरू जनवरी १५ देखि दराजमा उपलब्ध भैसकेका छन् ।
भाइब्सको नयाँ इयरबड्सले नेपाली बजारमा अझ बढी सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले भविष्यमा नयाँ प्रविधिहरू र इन्नोवेटिव उत्पादनहरू ल्याउने योजना बनाएको छ।