स्पारो एसएमएस १५औं वर्षमा, डिजिटल कम्युनिकेसनमा नयाँ युगको सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2025 | 02:00:49 PM मा प्रकाशित

नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्पारो एसएमएस १५औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा सानो परियोजनाका रूपमा सुरु भएको यो कम्पनी आज व्यवसाय, समाज र अन्तर्राष्ट्रिय बजारीकरणमा अग्रणी एसएमएस सेवा प्रदायकका रूपमा स्थापित भएको छ।

स्पारो एसएमएसको यात्रा चुनौतीपूर्ण रहे पनि, देशभर १८ घण्टासम्मको लोडसेडिङ हुँदा त्यसलाई अवसरमा बदल्दै लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी दिने सेवा सुरु गरेको थियो। यसले व्यवसायलाई मात्र नभई सर्वसाधारणलाई समेत ठूलो राहत प्रदान गर्‍यो।

त्यस्तै, एसईई (तत्कालीन एसएलसी) को नतिजा एसएमएसमार्फत हेर्न सक्ने सुविधा सुरु गरिएपछि, विद्यार्थी तथा अभिभावकमाझ स्पारो एसएमएस विश्वसनीय ब्रान्ड बन्न सफल भयो। अहिले पनि यो सेवा अत्यधिक लोकप्रिय रहेको छ।

स्पारो एसएमएसले वैदेशिक रोजगारीमा जानेहरूलाई ठगीबाट जोगाउन श्रम स्वीकृति जाँच सेवा, २०७२ को भूकम्पताका राहत वितरण सहजीकरण, मानव बेचबिखन रिपोर्टिङ, तथा दिवा खाजा रिपोर्टिङ सेवा सञ्चालन गर्दै आएको छ।

त्यसैगरी, ७,००० भन्दा बढी व्यवसायहरूलाई बल्क एसएमएस, एसएमएस एपीआई सेवा प्रदान गर्दै उनीहरूलाई ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोड्ने कार्य गर्दै आएको छ।

कम्पनीले वार्षिक २५० मिलियनभन्दा बढी एसएमएस पठाउने लक्ष्य लिएको छ। साथै, भाइबर बिजनेस मेसेजिङ, व्हाट्सएप बिजनेस मेसेजिङ, एआई जडित Voice Broadcasting, र मिस्ड कल मार्केटिङ जस्ता अत्याधुनिक सेवा पनि उपलब्ध गराएको छ।

१५औं वार्षिकोत्सव अवसरमा स्पारो एसएमएसका सीईओ मनोज थापाले भने, “हामी ग्राहक, शुभचिन्तक, टेलिकम पार्टनर तथा समर्पित टिमप्रति आभार व्यक्त गर्न चाहन्छौं। १५ वर्ष यात्रा पूरा गर्दा पनि यो हाम्रो सुरुवात मात्र हो। ग्राहक केन्द्रित प्रविधि विकास गर्दै डिजिटल कम्युनिकेसनलाई अझ प्रभावकारी बनाउन निरन्तर लागिरहनेछौं।”

स्पारो एसएमएसले नवीनतम प्रविधि र सेवाहरूमार्फत नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै व्यवसायहरूको वृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved