एनसेलमा अब ३० रुपैयाँभन्दा कम मूल्यमै दैनिक अनलिमिटेड भ्वाइस र डेटा लिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2025 | 10:23:24 AM मा प्रकाशित

nepal oil ltd

नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको रु ३० भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरु संचालनमा ल्याएको हो । भ्वाइस सेवामा, एनसेलले रु ३९ देखि रु ५९९ सम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र रु १९८ मा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र रु २८.३ मा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । 

एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र रु ५० रहेको छ । त्यसैगरी, रु ५९९ मा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।

भारतमा फोन गरी सम्पर्कमा रहीरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले रु ४९ मा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र रु २.९९ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । 

सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । रु ९९ पर्ने पहिलो प्याकमा ग्राहकहरुले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । रु २,४९९ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र रु २९.८ मा झारेको छ । 

आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले रु १,९९९ मा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरुलाई रु १,१९९ मा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ । 

ग्राहकहरूले यी प्याकहरू *१२३3# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved