भाटभटेनी अनलाइन डट कम अब ईसेवा पसल डटकम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 04:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अनलाइन सपिङ पोर्टल ‘भाटभटेनी अनलाइन डट कम’लाई एफ वान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले एक्वायर गरेको छ । एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्ये एक हो ।

६ वषैदेखी सञ्चालनमा रहेको भाटभटेनी अनलाइन डट कमलाई अझ सशक्त बनाउन एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए । उनले भने, ‘भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवा पसल डटकममा सञ्चालन गर्छौं, त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं ।’

ईसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । एफ वान सफ्टसँगको सहकार्यले हामी यसलाई धेरै अगाडी बढाउनेछौं । आउदाँ वर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं ।’

ईसेवा पसल डटकमले विभिन्न छुट र अफरपनि सार्वजनिक गरेको छ । साथै कम्पनीले अधिकत्तम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेेछ । 

सन् २००४ बाट सञ्चालनमाआएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ । नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहेका बेला एफवान सफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved