टिभि हेर्ने शुल्क तीन गुणा बढ्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 04:45:12 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभी हेर्ने शुल्क ३ गुणासम्म बढ्न सक्ने भएको छ ।  सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको विज्ञापन ऐन हुबहु लागु भए शुल्क ३ गुणासम्म बढाउनु पर्ने इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले बताएको हो । 

प्रस्तावित विज्ञापन ऐनले क्लिन फिड लागु गर्ने नीति लिएको छ  । क्लिन फिड लागु भए व्यवसायीहरुले मूल्य बढाउनु पर्ने बताएका हुन्  । अहिले प्रसारण भइरहेको सम्पुर्ण च्यानल हेर्न ग्राहकहरुले मासिक रुपमा ३ देखि ४ सय रुपैँया शुल्क तिरिरहेका छन् । भारतमा यति नै संख्या बराबरको च्यानल हेर्न मासिक नौ सय भारु तिरिँदै आईएको व्यवसायीले बताएका छन् । 

यदि बिज्ञापन ऐन संसदबाट पारित भएमा यो शुल्क ३ गुणा बढ्ने इन्टरनेट तथा टिभि सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिए । समितिले ऐन पारित भएमा २५ अर्ब बराबरको लगानी डुब्ने जनाएको छ ।

यो ऐनले कस्तो असर गर्छ भन्ने देखाउनको लागि समितिले २४ घण्टा बिदेशी च्यानल बन्द पनि गरेको छ । महासंघले प्रस्तावित विज्ञापन ऐन, २०७६ को विरोधमा ९ गते दिउँसो ३ बजेदेखि १० गते दिउँसो ३ बजेसम्म विदेशी च्यानलहरु बन्द गरेको हो  । प्रस्तावित ऐनमा क्लिन फिडको प्रावधान रहेको र त्यो लागु गर्दा कस्तो परिस्थिति र प्रभाव पर्छ भनेर सम्पूर्ण सरोकारवालालाई अवगत गराउन च्यानल बन्द गरिएको महासंघका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।  नेपालमा प्रशारण हुनेमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved