भोलिदेखि इन्टरनेटको मूल्य महँगिने, सरकारले ‘नसुन्दा’ मुल्य बढेको व्यवसायीको भनाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 01:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनीले साउन १ गते बुधबारदेखि इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईएसपिएन)ले इन्टरनेटको मूल्य १३ प्रतिशतले बढाउने निर्णय गरेको हो । 

सरकारले आफूहरुसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आईएसपिएनले मूल्य बढाउने निर्णय गरेको हो । आईएसपिएनका अध्यक्ष भोजराज भट्टका अनुसार सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय व्यवसायीसँगको छलफलका क्रममा नलिने भनेपछि गतवर्ष नै महङ्गिने इन्टरनेटको मूल्य रोकिएको थियो । 

सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेपनि पालना नगरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । आईएसपिएनले दुरसञ्चार ऐन संशोधन नगरेसम्म व्यवसायीले छुट नपाउने देखिएकाले बाध्य भएर इन्टरनेटको मूल्य बढाउन बाध्य भएको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved