‘फेस एप’ प्रयोग गर्नुभयो ? यसरी चोरी हुन्छ तपाईको डेटा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2019 | 09:38:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बुढो हुँदा तपाई कस्तो देखिनु हुनेछ ? यो एउटा प्रश्न र त्यहाँ आफ्नो तस्बिर राखेपछि ‘फेस एप’ ले दुरुस्तै बुढो देखाइदिन्छ । अहिले यो एप सामाजिक सञ्जालमा निकै भाइरल छ ।

‘फेस एप ओल्ड फिल्टर’ ले प्रयोगकर्ताको अनुहार परिवर्तन गरी बुढो तस्बिर देखाउँछ । सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम, फेसबुकमा यसको प्रयोग बढी भईरहेको छ । सन् २०१७ मा पहिलो पटक रुसमा ‘फेस एप’ सार्वजनिक भएको थियो । प्रविधि विशेषको जानरकाी लिने अनलाईन ‘टेकक्रन्च’ ले तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्ने बताएको छ । 

प्रविधि विज्ञहरुले यो एप असुरक्षित रहेको बताएका छन् । यो एपले प्रयोगकर्ताले क्लिक गरिसकेपछि ‘नो’ गरेपनि डेटासम्म पहुँच पुर्याउन सक्छ । 

एप सुचारु भएपछि सामाजिक सञ्जालमा राखिएका सामग्री र तस्बिरहरु बिना अनुमति नै यो एपले लिन सक्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रविधि विज्ञ तुरुप सङ्ग्रौला यो एप प्रयोगकर्ताको डेटा असुरक्षित हुने बताउँछन् । उनका अनुसार एप प्रयोग गर्न ‘ओपन विथ फेसबुक’ गर्नु भनेको उसलाई सहजै आफ्नो एकाउण्टमा प्रवेश दिनु हो । सङ्ग्रौलाले क्रेडिट कार्ड, व्यक्तिगत कागजपत्र लगायत सहजै उसले लिन सक्ने बताए । ‘एपले दुरुपयोग गर्ने नगर्ने उसको कुरा हो’ उनले भने, ‘दुरुपयोग गर्दैन भन्न पनि सकिँदैन, प्रयोगकर्ताको डेटा असुरक्षित त हुन्छ नै ।’ 

उनले गुगल र एप्पलले समेत प्लेस्टोरमा राखेका कारण केही विश्वासको ठाउँ रहेपनि दुरुपयोगको खतरा भने बढी रहेको बताए । सङ्ग्रैलाले यस्ता किसिमका एप प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved