​गैर कानुनी बाटोबाट विदेशी च्यानल बेच्दै मेगा म्याक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 02:48:08 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन सेवा प्रदायक कम्पनी मेगा म्याक्सले विदेशी टेलिभिजन च्यानलका सिग्नल कपी गरेर आफू प्रसारण गर्ने र अरुलाई पनि बेच्ने गरेको पाईएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको अनुगमनका क्रममा मेगा म्याक्सले सिनेम्याक्स, बिबिसी, जुम, एचबिओ, एचबिओ हिट्सजस्ता ख्याती प्राप्त विदेशी च्यानलका सिग्नल कपी गरेर प्रसारण गरेको भेटिएको हो ।

मन्त्रालयले गरेको छड्के अनुगमनमा यस्तो गलत काम गरेको भेटिएपछि सूचना तथा प्रविधि विभागलाई कारबाहीका लागि सिफारिस समेत गरिसकेको छ । 

मेगा म्याक्सले नेपाल भित्र केबल नेटवर्कको काम गरिरहेकाहरुलाई समेत यसरी चोर बाटोबाटै ल्याएका च्यानलहरु बेचिरहेको छ । बिसी केबल, पोखरा केबल, गुरूङ केबल, बुटवलको बिबिएन, ओएसएन केबल नेट, बिराटनगरको टि.भि. नेट केबललगायतलाई चोरेकै टेलिभिजन सिग्नल पठाउँदै आएको भेटिएको हो । अनुगमनका क्रममा चोरी गरेको भेटिएपछि मेगाले ति च्यानलहरू प्रसारण रोकेको छ । 

वितरकको पैसा तिर्न नसकेपछि फेरियो धन्दा 

नेपालमा सिनेम्याक्स, बिबिसी, जुम, एचबिओ, एचबिओ हिट्सको आधिकारिक विक्रेता युबिपी प्राइम प्रा.लि. हो । एक वर्षअघिसम्म मेगा म्याक्सले युबिपीसँग नै च्यानल किनेर वितरण गर्दै आएको थियो । तर, ६ महिनाको रकम भुक्तानी नगरेपछि मेगा म्याक्सलाई दिएको सिग्नल युबिपी प्राइमले काटिदियो । यो बिचमा मेगा म्याक्स् न त पैसा तिर्न गयो नत सम्झौता नविकरण गर्न । बरु चोरेरै च्यानल देखाउने दाउमा लाग्यो । 

 मेगा म्याक्स त्यही कम्पनी हो, जो सोनी पिक्चर्स, इण्डिया कास्ट मिडिया र डिस्कभरी इन्डिया (सोनी म्याक्स, कलर्स, डिस्कभरीलगायत दर्जनौ च्यानल)को आधिकारिक वितरक कम्पनी डिजिटल सिस्टम अफ नेपालको लगानीकर्ता पनि हो । आफैँ वितरक रहेको यस कम्पनीले अर्को एउटा कम्पनीलाई सम्झौता गर्न नआएको र बक्यौता रकम नतिरेको भन्दै केही दिन पहिले दैनिक पत्रिकामा विज्ञप्ती नै जारी गर्यो । 

मेगा म्याक्सका सञ्चालक यसो भन्छन्ः 

सिग्नल चोरीको आरोप लागेका मेगा म्याक्सका सञ्चालक ध्रव शर्मा भने चोरी गरेको स्वीकार गर्दैैनन् । आफुहरूले गैरकानुनी ढंगले डाउनलिंक गरी टेलिभिजन सिंगल प्रसारण नगरेको उनको दाबी छ । मन्त्रालयको अनुगमनका क्रममा भेटिएको सिंग्नल युबपीले नै दिएको सिंग्नल भएको उनको दाबी छ । 

तर युबिपीका प्रबन्ध निर्देशक राजेश देव प्रधान भने मेगा म्याक्सले सिग्नल चोरी गरेर प्रसारण गरेको कुरा मन्त्रालयले नै पुष्टि गरिसकेको भन्दै यस विषयमा युबिपी नबोल्ने बताउँछन् । ‘बक्यौता रकम तिर्न पटक पटक आग्रह गर्यौँ । उनीहरुले पनि भाका माग्दै गए, हामीले दिँदै गयौँ तर पनि रकम भुक्तानी भएन’ उनले भने, ‘त्यसपछि हामीले उनीहरुको सिंग्नल काटिदियौँ । सिंग्नल काटेपछि उनीहरुले सिंग्नल चोरी गरेर विक्रि गरे । चोरी हुन थालेपछि हामीले उजुरी गरेका हौँ । उजुरी गरेपछि अनुगमन गर्दा चोरी गरेको पुष्टि भयो ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved