फेसबुकमा 'लाइक'को सङ्ख्या नदेखाउने परिक्षण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 11:38:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा 'लाइक'को सङ्ख्या लुकाउन लागेको छ। अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका 'लाइक'को सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो। प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप 'लाइक'को सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ। आफ्ना पोस्टमा चाहिँ गरिएका 'लाइक'को सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ।

फेसबुकले भनेको छ "लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।" 

'लाइक'को सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved