लोकसेवाको लागि अनलाइन मार्फत दरखास्त दिन ध्यान दिनुपर्ने कुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 11:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहमा प्राविधिक तथा अप्राविधिक तर्फ कर्मचारी भर्नाको लागि आबेदन खुलाएको छ। स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ।  

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ जेठ ६ को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आब्हान गरिएको जनाइएको छ। 

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली http://psconline.psc.gov.np/ मार्फत आवेदन दिनुपर्नेछ । प्रतियोगितात्मक परीक्षावाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ ।  यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। सेवाका शर्त र तलव तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुनेछ ।

आबेदन दिंदा ध्यानदिनुपर्ने कुरा

घरमै बसि बसी आबेदन दिंदा उममेदवारलाई सहज हुने भएपनि सामान्य बिषयमा ध्यान नपुग्दा आबेदन नै रद्द हुन सक्छ। आबेदन दिंदा निम्न कुराहरु ध्यान दिनुभयो भने तपाइँको आबेदन रद्द हुनबाट जोगिनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved