कोरोना भाईरसबाट संसार नै पिडित छ।नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावस्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गते सम्म बन्द गरेको छ। बीमा कारोबारलाई अत्यावस्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरि छ।
मानिसको जिवनमा भबिष्यमा आइपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडिमा भागेर कायर हुनु भन्दा सुरक्षित पनि हुनु र बीमा कारोबारको उचित ब्यवस्थापन गर्नु बुध्दिमानि हुने बताउँछन महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराइ।
कोरोना संकटको बेला कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे सीईओ भट्टराईले व्यक्त गर्नुभएको बिचार जस्ताको त्यस्तै:
१। कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने,मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १-१ घण्टामा साबुन पानीले हात धुन लगाउने।
२. कार्यालयका कर्मचारिलाई १-१ घण्टामा तातो पानी,चिया,कफि उपलब्ध गराउने।
३.कार्यालयमा भेटन सेवाग्राहि र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरि राखि भेटबार्ता गर्ने। अन्य कोठा कोठामा जान नदिने।
४.आउने ग्राहक र सेवाग्राहिलाई गेटमा नै ज्वरो नापि मास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने।
५.बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहक संग छलफल वा भेटघाट नगर्ने।
६.शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावस्यक कामको लागि आलो पालो गरि २ जना मात्र दैनिक उपस्थित हुने।सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने।
७.प्रधान कार्यालयमा प्रतेक बिभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाकिलाई बिदा दिने।
८.कार्यकारि प्रमुख र नायब कार्यकारि प्रमुख पनि आलो पालो गरि आउने र बिदा बस्ने।
९.अनिवार्य बिदा दिदा सार्बजनिक सवारिमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने।
१०.बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने,त्यो नहुने स्थाईलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५०५ मात्र पाउने पेड लिभ दिने।
११. बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १-१ दिन ३-३ दिन वा ५-५ दिनको लगातार हुने गरि दिने।
देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन। उचित ब्यवस्थापन नगर्दा कंपनि डुब्न सक्छन, तपाईं हाम्रो जागिर जान सक्छ ,देश ठुलै संकटमा फस्न सक्छ।यस्तोमा आफु पनि बाच्ने, अरुलाई पनि बचाउने,कंपनि पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ।
भट्टराइ महालक्ष्मी लाइफका संस्थापक सीईओ हुन्। उनले पुष १७, २०७५ देखि लागू हुने गरि महालक्ष्मी लाइफको जिम्मेवारी सम्हालेका हुन्। वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका भट्टराईसंग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ। उनले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी अवधि कार्य गरिसकेका छन।