लकडाउनमा बस्दा छटपटी भयो ? अनलाईनबाटै लिनुहोस् परामर्श

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 01:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण मानिसमा देखा पर्नसक्ने मानोवैज्ञानिक असर कम गर्न फोनबाटै मनोसामाजिक परामर्श पाइने भएको छ । कोपिला नेपालले अनलाइन र फोनबाट मनोसामाजिक परामर्श दिने भएको हो । 

संस्थाले अनलाइन र फोनबाट कोरोनाबारे सेवा प्रदान गर्न लागेको संस्थाकी कार्यकारी निर्देशक विना सिलवालले जानकारी दिईन् । असहज परिस्थितिमा कमजोर मनोबल हुने जो कोहीलाई पनि असर पार्न सक्ने भएकाले मनोसामाजिक परामर्श दि लागिएको उनको भनाई छ । समस्याको समयमा मानिसले आफ्नो आत्मविश्वास गुमाउन सक्ने अवस्था आउन सक्ने भएकाले यस्तो बेलामा मनोवैज्ञानिक त्रास कम गरेर उनीहरुलाई सहज अवस्थाका बारेमा जानकारी गराउन परामर्श दिन लागिएको सिलवालको भनाई छ । 

बालबालिकामा लामो समय घरमा मात्रै बस्नुपर्दा असर पार्न सक्ने, एसइई परीक्षा स्थगन हुँदा विद्यार्थीमा मानसिक असर देखिन सक्ने तथा विदेशमा वा अन्य ठाउँमा रहनेहरुको मनोबल कमजोर हुन सक्ने कोपिला नेपालको बुझाई छ । यस्तो अवस्थामा अत्यास लाग्ने, छट्पटी हुने, निद्रा वा खानामा मन नजाने वा अन्य यस्तै समस्या देखिन सक्छ । अहिले घरघर र गाउँगाउँमा पुग्ने अवस्था नरहेकाले फोन, म्यासेन्जर, भाइवर लगायतबाट परामर्श दिईने सिलवालले बताईन् । 

हिंसापीडित महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको कोपिला नेपाल मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको संस्था हो । 

मनोपरामर्शविज्ञ प्रेम भट्टराई र  डा प्रतिष्ठा वाग्लेले मनोसामाजिक परामर्श दिनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved