'पठाओ'मा कसरी आवद्द हुने ? के के चाहिन्छ कागजात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 04:15:46 PM मा प्रकाशित

laxmi  sunrise bank
राइड सेयरिङ प्लाटफर्म 'पठाओ'मा दैनिक अनलाइन तालिम लिएर पठाओमा दर्ताभै काम गर्नेको सङ्ख्या बढेको छ। पठाओले दैनिक 'पठाओ राइडरकालागि आधारभुत तालिम' अनलाइन मार्फतनै सन्चालन गर्दै आएको छ।

कोरोना कहर अगाडि कार्यालयमै सन्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सन्चालन गरिएको कम्पनीले जनाएको छ। 
कोरोनाको समय भन्दा अगाडि दैनिक सय राइडरले आधारभुत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

पठाओमा कसरी जोडिने?

सुरुमा मध्य बानेश्वरमा रहेको पठाओको कार्यालयमा गएर नाम र फोन नम्बर दर्ता गराउनु पर्छ। त्यसपछि मोबाइलमा एसएमएसमा मार्फत अनलाइन तालीमको लिङ्ग प्राप्त हुन्छ। सो लिङ्क खोलेर तोकिएको समयमा तालीम लिन सकिन्छ।

सिकेवल नेपाल प्रालिले सहजीकरण गर्ने अनलाइन तालिम करिब १ घण्टा अवधीको हुन्छ। तालिममा पठाओ एप चलाउन, दर्ता प्रक्रिया र डकुमेन्ट अपलोड गर्न सिकाइन्छ। ग्राहकसँग गर्नुपर्ने व्यबहार र इन्स्योरेन्स पोलिसीका बारेमा पनि तालिममा बताइन्छ। साथै तालिममा राइडका क्रममा आइपर्ने समस्या समाधानका उपाय र कम्पनीको नियमका बिषयमा सुझाइन्छ।

दिनमा २ पटक सन्चालन हुँदै आएको तालीम बिहान ८ बजे र दिउँसो साँढे २ बजे लिन सकिन्छ। हप्तामा सातै दिन हुने तालिम शनिवार बिहान मात्र र आइतबार दिउँसो मात्र सन्चालन हुँदै आएको छ। तालिम पश्चात् राइडरले पठाओ एपमा आवस्यक कागजात (नागरिकता, ब्लु बुक, सवारी चालक अनुमति पत्र) अपलोड गर्नु पर्ने हुन्छ। पारिवारिक सदस्यको नाममा भएका र फाइनान्स गरिएका बाइक पनि प्रयोग गर्न सकिन्छ। कागजात अपलोड गरेको ३ दिन भित्रमा पठाओले भेरिफाइड गरेपछी राइडरले काम सुरु गर्न सक्ने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved