घर बनाईसकेपछि कसरी लिने निर्माण सम्पन्न भएको प्रमाणपत्र ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 27, 2021 | 11:43:21 AM मा प्रकाशित

laxmi  sunrise bank

घर बनाईसकेपछि निर्माण सम्पन्न भएको प्रमाणपत्र लिनु अनिवार्य हुन्छ । पछि घर बिक्रि गर्नुपर्यो वा घर धितोमा राखेर बैंकबाट ऋण लिनु परेको अवस्थामा घर वा भवन निर्माण सम्पन्नको प्रमाणपत्र अनिवार्य आवश्यक पर्छ ।

काठमाडौँ उपत्यकामा थोरै जग्गा खरिद गरेर सानो चिटिक्कको घर बनाएर बस्ने रहर धेरैको हुन्छ । तर, घर बनाईसकेपछि निर्माण सम्पन्न प्रमाणपत्र लिने प्रक्रियाको बारेमा भने धेरैलाई जानकारी नै नहुने समस्या छ । जानकारीको अभावमा घर बनाएकाहरु पनि निर्माण सम्पन्न प्रमाणपत्र नलिई बसेका हुन्छन् ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र कहाँबाट पाउने ?

घर वा भवन निर्माण सकिएपछि महानगरपालिका वा नगरपालिकाबाट निर्माण सम्पन्न भएको प्रमाणपत्र लिनुपर्ने हुन्छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार घर तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र सम्बन्धित महानगरपालिका वा नगरपालिकाबाट पाइन्छ ।

के छ प्रक्रिया ? 

सुरुमा घर बनाउन नक्सा पास गर्नुपर्छ । आफ्नो जग्गा, जग्गाको क्षेत्रफल, घरको डिजाईन यकिन गरेर नक्सा पास अनिवार्य गरिएको छ । सबै कागजात जम्मा पारेर नक्सा पासको प्रक्रिया सुरु गरेको दिनदेखि नक्सा स्वीकृत बढीमा ३० दिनको समय लाग्छ । 

स्वीकृत नक्सा अनुसार घर बनाएपछि घर निर्माण सम्पन्न प्रमाणपत्र लिन १० दिनको समय लाग्छ । यसको लागि स्वीकृत नक्सा र सो अनुसार घर बने नबनेको नगरपालिकाबाट प्राविधिक जाँच पनि हुने गर्दछ ।

यसका लागि काठमाडौं महानगरपालिकाले भवन निर्माण मापदण्ड, २०७५ को कार्यविधि अनुसार घर निर्माण सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरेको छ । ललितपुर महानगरपालिकाले भने बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ अनुसार यस्तो प्रमाणपत्र दिने गरेको छ । 

घर निर्माण सम्पन्न प्रमाणपत्र लिन के के चाहिन्छ ?

घर तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन अहिलेको विद्यमान व्यवस्था अनुसार ८ थरी कागजात आवश्यक पर्छ । नक्सा पासको फोटोकपी १ प्रति, पास पुर्जिको फोटोकपी १ प्रति, डिजाइनरले गरेको सिफारिस पत्र १ प्रति, डिजाइनरको लाइसेन्स आवश्यक पर्छ ।

सँगै मालपोत तिरेको रसिदको फोटोकपी, २ प्रति घरको फोटो र जग्गाधनी वा घरको नक्सा जसको नाममा पास भएको उसको २ प्रति फोटो पनि आवश्यक पर्छ । यी कागजात पेश गरेपछि बढीमा १० दिनभित्र भवन निर्माण सम्पन्न प्रमाणपत्र पाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved