कसरी दिने सवारी लाइसेन्सको अनलाइन आवेदन ? (तरिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 11:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि दिइने परीक्षा थप सजिलो भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि लिने परीक्षा थप खुकुलो बनाएको हो ।

विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षा खुकुलो बनाएको हो । यसले परीक्षामा सहभागी हुनेहरुको उत्तीर्ण दर बढाउने छ । 

विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार परीक्षाको लिखित र ट्रायल दुबै परिवर्तन गरिएको छ । लिखित परीक्षाका लागि सोधिने प्रश्नहरु विभागको वेबसाइटमै राखिएको छ । ५ प्रश्न राखिएकोमा परीक्षाका लागि यातायात व्यवस्था कार्यालयले ती मध्येबाट २५ प्रश्न झिक्ने छन् । कुन खण्डबाट कति वटा प्रश्न सोध्ने भन्ने पनि मापदण्डै छ । 

लिखितमा बढी, ट्रायलमा कम नम्बर

नयाँ मापदण्ड अनुसार पास हुनका लागि चाहिने नम्बर लिखितमा पहिलेभन्दा बढाइएको छ भने ट्रायलमा घटाईएको छ । लिखितमा पहिला ५० प्रतिशत अंक ल्याए उत्तीर्ण हुनेमा अहिले त्यसलाई बढाएर ६० प्रतिशत बनाइएको छ ।

ट्रायलमा पहिला १०० प्रतिशत नै अंक ल्याउनुपर्नेमा अहिले ७० मा झारिएको छ ।

यस्तो छ आवेदन दिने तरिकाः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved