फ्री वाईफाई चलाउनुहुन्छ ? होसियार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 03:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल, पार्क, शपिङ मल, सार्वजनिक यातायात, सरकारी कार्यालयहरु, सार्वजनिक स्थान वा अहिले जताततै फ्री वाईफाई देखिन्छ । अधिकांश मानिसहरु इन्टरनेट चलाउने लोभमा निःशुल्क वाईफाई भेटिने बितिकै  त्यसको  प्रयोग गर्न थालिहाल्छन् । 

तर यो हाम्रा लागि खतराजनक सावित हुन पनि सक्छ, किनभने सही तरिकाबाट कन्फिगर नगरेमा ह्याकर्सहरुले  सजिलैसँग वाइफाइ राउटरलाई नियन्त्रणमा लिन सक्छन् ।

तपाइँले प्रयोग गरेको वाईफाई राउटर नियन्त्रणमा हुनु भनेको तपाइँले चलाइरहेको वेबसाइट, लिंक, एप, तपाइको डाटा आदि सम्पूर्णको बारेमा जानकारी लिन सक्षम हुनु हो  ।

फ्री वाईफाई अधिकांश समय जोखिमपूर्ण  हुन्छ । देखिएका सबै फ्री वाईफाई सक्कली वाईफाई हुँदैनन् । यसमा ह्याकरले राखेको नक्कली वाईफाईमा पनि तपाईँको उपकरणमा कनेक्ट हुने संभावना हुन्छ  ।  जसको सहयोगले ह्याकरहरुले तपाइँको डाटाहरु दूरुपयोग गर्ने, डार्क वेभमा बेच्ने, रकम चोर्नेलगायतका घट्ना गराउन सक्छन् ।

त्यसैले फ्रि वाईफाई प्रयोग गर्दा केही विषयहरुमा ध्यान दिनुभयो भने  डाटा र व्यक्तिगत जानकारीहरु सुरक्षित हुन सक्दछ ।

१. यदि  फ्री वाईफाई  प्रयोग गरिरहनुभएको छ भने यस्ता साइटहरुमा नजानुहोस् जहाँ तपाईँले आफ्नो बारेमा व्यक्तिगत जानकारीहरु बैंक एकाउन्ट, घरको ठेगाना, मोबाइल नम्बर, ट्याक्स नम्बरलगायत जानकारी राख्नु भएको छ वा दिनुपर्छ ।

 २, कुनै पनि फ्री वाईफाई प्रयोग गर्नुभन्दा पहिले नेटवर्कलाई राम्रोसँग भेरिफाइ गर्नुहोस् । 

३. एयरपोर्ट, बसपार्क, रेष्टुरेन्ट तथा होटलहरुलगायत सार्वजनिक स्थानहरुमा यदी फ्री वाईफाई उपयोग गर्न चाहनुहुन्छ भने यसको लागि एक अफिसियल लगइन पेज हुन्छ त्यसको  मात्र  प्रयोग गर्नुहोस् ।

४. एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस् । किनकी यसले सिस्टममा अनावश्यकरुपमा प्रवेश गर्न चाहने सफ्टवेयरबाट बचाउँछ ।

५. फायरवाल इनेबल्ड राख्नुहोस र कठिन प्रकृतिको पासवर्ड प्रयोग गर्ने गर्नुस् । सुरक्षित वेबसाइटहरुमात्र प्रयोग गर्नुहोस् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved