पाटा नेपाललाई तेस्रो पटक बेष्ट एन्गेजमेन्ट अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 04:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पाटा नेपाल च्याप्टरले लगातार तेस्रो पटक ‘पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिजम प्रोफेशनल’ अवार्ड जितेको छ । काजखस्तानको नूरसुल्तानमा आयोजित पाटा ट्राभल मार्टको ४२ औं संस्करणले नेपाल च्याप्टरलाई उक्त हवार्ड दिएको हो। 

पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्डमा ग्लोबल अध्यक्ष क्रिस बोट्रिल र प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडाललाई अवार्ड प्रदान गरेका हुन् । उक्त कार्यक्रममा पाटा नेपाल र नेपाल पर्यटन बोर्डले ५ वटा पर्यटन व्यवसायी कम्पनीहरु, द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सले नेपालको पर्यटकीय गन्तव्यबारे प्रवद्र्धनात्मक प्रस्तुति दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved