भाडाबारे ठमेलका व्यवसायी र घरधनीबीचको असहमति के हो ? (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 06:41:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ठमेल क्षेत्रका व्यवसायी र घरधनीबीच मिलेर समस्याको समाधान गर्ने समझादारी बनेको दाबी गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी घरधनी र व्यवसायीले घर भाडाको विषयमा घरधनी र व्यवसायीबीच समझदारी बनिसकेको दाबी गरेका छन् ।

९० देखि ९२ प्रतिशत घरबेटी र व्यवसायीबीच घरभाडा छुटको विषयमा सझदारी बनेको र बाँकी समस्या पनि केही दिनमै समाधानको चरणमा रहेको बताईएको छ । घरधनी र व्यवसायीसमेत रहेका योगराज राजभण्डारीले घरधनी र व्यवसायी बसेर आफैँले समस्याको समाधान गरेको बताएका छन् । यसअघि ठमेल क्षेत्रका घरधनीले ५० प्रतिशत छुट दिने भनेर प्रकाशित भएका समाचारमा सत्यता नरहेको बताउँदै उनले कोही घरबेटीले ३५ प्रतिशत र कोही घरबेटीले ७० प्रतिशतसम्म छुट दिएको बताए ।

ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले व्यवसायी र घरबेटी दुबै पक्षको ‘वीन वीन’ अवस्था हुने गरी काम गर्ने बताए । घरभाडाका कारण मात्रै व्यवसायी मर्कामा नरहेको बताउँदै उनले बिजुलीको महशुल, इन्टरनेटको शुल्क र बैंकको किस्ताका कारण पनि व्यवसायी समस्यामा रहेको बताए ।

ठमेलमा १२ सयको हाराहारीमा घरबेटी र ७ हजारको हाराहारीमा व्यवसायी छन् । १.५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ठमेल क्षेत्रको पर्यटकीय गतिविधि उकास्न साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम, मोबाइल तथा अन्य गयाजेट्स मेला लगायत कार्यक्रम गर्ने गरि विभिन्न विकल्पमा छलफल भईरहेको रेष्टु एण्ड बार एसोसियन (रेवान) का पूर्व अध्यक्ष तेजेन्द्र नाथ श्रेष्ठले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved