कोरोना बीमाको रकमबाट पर्यटन मन्त्रीले गरिदिए स्थानीयको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 01:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले ताप्लेजुङका स्थानियको कोरोना बीमा गरेका छन् । केही समयअघि कोरोना संक्रमण पुष्टि भएर निको भएका मन्त्रीले कोरोना बीमाको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका १५ सय बढी स्थानीयको बीमा गरेको बताएका हुन् । 

कोरोना बीमा बापत आएको १ लाख रकमबाट मन्त्रीले केही दिनअघि मात्र ताप्लेजुङका ३ सय न्यून आय भएका विपन्न, विद्यार्थी, असहाय तथा मजदूरहरुको कोरो बीमा गरिएको मन्त्रीका स्वकिय सचिव प्रेम गुरागाई बताउँछन् । उनका अनुसार यसअघि मन्त्रीले तलव र भत्ताको रकमबाट १२ सय ७६ जना स्थानीयको कोरोना बीमा गरेका थिए । 

दुई पटक गरी मन्त्रीले १५ सय ७६ स्थानीयको कोरोना बीमा गरेको जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved