पर्यटन पुनःउत्थानमा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 03:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

महामारीका कारण बढी प्रभावित पर्यटन क्षेत्रको पुनःउद्धार र पुनःउत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न  आयोजना गरेको अन्तक्र्रियाका वक्ताले थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार र निजी क्षेत्रको साझेदारिता फराकिलो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र पर्यटनका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका सहभागीले प्रभावकारी सञ्चार र समन्वयका साथ पर्यटनको गतिविधि खोल्नुपर्नेमा जोड दिएका थिए । सहभागीले पर्यटन उद्योगको पुनःउद्धार र पुनःउत्थानका लागि स्वास्थ्य मापदण्डको पालनाका निमित्त सहकार्य आवश्यकता औल्याए । 

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्र सञ्चालन गर्ने काममा ठोस कदम बढिसकेको जानकारी दिए । उनले पर्यटन पुनःउद्धार र पुनःउत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन मन्त्रालयका सचिव कोइरालाले यस सङ्कटलाई पार गर्न कार्यतालिका बनाएर अघि बढ्नका लागि सहकार्य गर्न सबैमा अनुरोध गरे । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डले कोभिड–१९ ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत र वर्तमानमा गरिरहेको कामहरुको प्रस्तुति गर्दै प्रभावकारी पुनःउद्धार र पुनःउत्थानका लागि निजी क्षेत्रको एकता र सहकार्यका लागि अनुरोध गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved