खुल्यो मायादेवी मन्दिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 02:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत चैतदेखि बन्द रहेको मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । सरकारले यसअघि नै पर्यटकिय गतिविधि तथा पर्यटकीय गन्तव्यहरु खुला गर्ने निर्णय गरेतापनि मायादेवी मन्दिर खुला गरिएको थिएन । 

गत चैत ११ गतेदेखि बन्द भएको मन्दिर आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले सर्वसाधारणका लागि खुला भएको बताएका हुन् । उनले मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणहरुलाई अनिवार्य मास्क प्रयोग गर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनु पर्ने, भिडभाड नगरी एक पटकमा ८ देखि १० जना मात्र प्रवेशको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिएका छन् । 

सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाई मन्दिर खुला गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved