मनाङ जान पीसीआर रिपोर्ट अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 01:11:14 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल पारीको जिल्ला मनाङ प्रवेशका लागि अनिवार्य रुपमा पीसीआर परीक्षणको रिपोर्ट चाहिने भएको छ । मनाङ प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुले नेपाल सरकारले तोके अनुसार ७२ घन्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य चाहिने पर्यटन व्यवसायीहरुले जनाएका छन् । 

मनाङका पर्यटन व्यवसायीहरुको छाता संगठन पर्यटन व्यवसायी संघ मनाङले सबै प्रक्रिया पूरा गरेर आएका पर्यटकका लागि सिमित क्षेत्रबाहेक अन्य स्थानमा घुमफिरका लागि प्रतिबन्ध कायम रहेको जनाएको छ । मनाङ घुम्न आएका पर्यटकले खान तथा बासको व्यवस्था आफै गर्नुपर्ने संघका अध्यक्ष विनोद गुरुङ बताउँछन् । 

‘कोरोना संक्रमणलाई ध्यानमा राख्दै घुम्न आएका पर्यटकहरु लमजुङको सीमा क्षेत्र तालदेखि तिलिचो तालसम्म मात्र जान पाउँछन् । अन्य ठाउँमा घुमफिरका लागि प्रतिबन्ध लगाईएको छ’, उनले भने । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले मनाङ प्रवेशका लागि ७२ घन्टाको पीसीआर नेगेभिट रिपोर्टलाई अनिवार्य गरिएको थियो । डीसीसीएमसीको निर्णय अनुसार पीसीआर रिपोर्ट नभएका पर्यटकहरुलाई सिमा क्षेत्रबाट नै फिर्ता पठाईने गरिएको जनाईएको छ । 

तोकिए अनुसारको प्रक्रिया पूरा गरेर केही पर्यटकहरु मनाङ प्रवेश गर्न थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved