नेपालमा पनि २ दिन सार्वजनिक विदा दिन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 03:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

हप्तामा दुई दिन सार्वजनिक विदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन पेश गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको उक्त समितिले सरकारलाई हप्तामा २ दिन विदा दिन सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका हुने भन्दै पर्यटन मन्त्री योगेश भटराईले सातामा २ दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेका थिए । सरकारी कर्मचारीलाई सातामा २ दिन बिदा दिन र निजी क्षेत्रका कर्मचारीलाई प्रोत्साहन गर्न सिफारिस गरिएको जनाईएको छ । समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरेर सिफारिस गरेको जनाएको छ । 

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिका एक सदस्यले जानकारी दिए । समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । 

विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ । हाल नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने गरिएको छ । 

पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल उक्त समितिमा रहेका थिए । 

समितिले विश्वका ९१ प्रतिशत देशमा हप्तामा २ दिन विदा दिने अभ्यास रहेकोले नेपालमा पनि सोहि खालको ब्यबस्था गर्न सिफारिस गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved