छुट नदिएको भन्दै पर्यटन व्यवसायी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 04:35:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई राहत तथा पुनकर्जाको व्यवस्था नगरेको भन्दै साना तथा मझौला व्यवसायीहरु आन्दोलित बनेका छन् । कोरोना महामारीवाट प्रभावित विभिन्न ४३ वटा पेशा तथा व्यवसाय गर्ने व्यवसायीहरु संघर्षमा उत्रिएका हुन् ।  

व्यवसायीहरु लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको, प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई अराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै आन्दोलित बनेका हुन् ।

उनीहरुले विरोध स्वरुप आज शान्तिपूर्वक रुपमा बालुबाटार घेराउ गरेका हुन् । व्यवसायीहरुले कोरोना महामारीमा सरकारले गरेको लकडाउन अबधिभरको कर तथा राजश्वमा लगाईएको अत्याधिक जरिवाना र बैंक तथा वित्तिय संस्थाको कर्जा किस्ता आंतकमा नेपाल राष्ट्र बैंकको निरीहता विरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । 

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए) का महासचिव  सन्तोष न्यौपानेले सरकार आफै लकडाउन गर्ने र उक्त लकडाउनको अवधिको २ हजार ६ सय प्रतिसत जरिवाना, सवारी जाचँपासमा ५२ प्रतिशत जरिवाना वार्षिक सवारी करमा लगाएर चरम लापरबाही गरेको आरोप लगाए । 

‘पर्यटन व्यवसायीहरुले पाउनुपर्ने सहुलियत कर्जा तथा पुनर्कर्जा सरकारले अर्ब पति र सेटिङ मिलाउन सक्ने बैंकमा लागानी भएकाहरुलाई छानी छानी २ सय जनालाई मात्र दिएको पाइएको छ’, उनले भने, ‘९५ प्रतिशत वास्तविक व्यवसायीहरु मध्यम र निम्न वर्गका व्यवसायीले धानेको पर्यटन क्षेत्रका व्यवसायीलाई सरकारबाटै बेवास्ता भयो ।’

व्यवसायीहरुले कोरोना महामारी पिडित सर्व पक्षिय पेशा तथा व्यवसायी संघर्ष समितिने गठन गरेर विरोध गर्दै आएका छन् । संघर्ष समितिले माघ २४ गतेसम्म शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने र त्यसपछि पनि सुनुवाई नभए विभिन्न चरणमा आन्दोलन गर्ने घोषणा गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved