नेपालको हिमालमा प्रदर्शन गरिएको कुवेती झण्डा अन्तराष्ट्रिय संग्रहालयमा राखिने

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Feb 03, 2021 | 01:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्षको हिमाल आरोहणका क्रममा नेपालको आमादब्लम हिमालमा कुवेती आरोहीले प्रदर्शन गरेको कुवेती राष्ट्रिय झण्डा अन्तराष्ट्रिय पर्वतिय संग्रहालय राखिने भएको छ । गत माघ १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त झण्डा संग्रहालयमा संरक्षण गरेर राख्ने तयारी भएको पर्यटन विभागले जनाएको छ । 

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भईसकेकोले एक सय ५० किलोको उक्त झण्डा पोखरामा लैजाने तयारी भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिईन्। ‘हिमालबाट ल्याईएको उक्त भण्डा सुरुवाती चरणमा हामीले विभागमा नै राखेर अनुसन्धान थालेका थियौँ, दुई देशबीचको कुटनितिक सम्बन्धका कारण हामीले उक्त झण्डाको संरक्षण गर्न लागेका हौँ’, उनले भनिन् ।

गत वर्षको कार्तिक मसान्तमा कुवेती आरोहण दलले बिना अनुमति ठूलो आकारको झण्डा हिमालमा फहराएको भन्दै विभिन्न आलोचना भएपछि अनुसन्धानका लागि उक्त झण्डा विभागमा नै राखिएको थियो । कानून विपरीत झण्डा फहराएपछि विभागले सम्बन्धित आरोहण एजेन्सी, टिम लिडर, आरोही तथा आरोहीलाई स्पष्टिकरण सोधेको थियो । कुवेती आरोहीले आफूलाई थाहा नभएको बताएका थिए भने कीर्तिमानी आरोही निर्मल पुर्जाले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न झण्डा फहराएको बताएका थिए । 

कुवेती झण्डा राखिएको बिषयमा विभागवाट पठाईएको लियाजन अफिसर समेत वेखबर रहेका थिए । आधारशिविर नै नपुगी एजेन्सीवाट रकम लिएर सम्पर्क अधिृकतहरु सम्पर्क विहीन बन्दा हिमालमा भएका गतिविधिबारे अनविज्ञ बन्ने गरेका छन् । सम्पर्कअधिकृत फिल्डमा नहुदा एजेन्सीले गलत क्रियाकलाप गर्ने गरेको आरोहीहरु बताउँछन्।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ मा चुचुरोमा पुर्याउने बस्तुको आकारको बारेमा स्पष्ट व्यवस्था नुहदा कारबाही गर्न समस्या भएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved