मनाङमा हिमपात, पर्यटकलाई सजग रहन प्रसासनको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2022 | 03:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाली जिल्ला मनाङको  माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको थालेको छ ।स्थानियका अनुसार मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो  ।

 मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । मनाङमा सन् २०१४ को अक्टोबर २० मा हिऊ परेको थियो । त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन । यसबर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो ।  हिउँ पर्न थालेपछि चिसो बढेको छ भने वस्ती माथिका डाँडाहरु सेताम्मे भएका  छन् । 

 हिमपातका कारण बिजुली बन्द छ । इन्टरनेट प्रभावित छ । मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन् । यसबर्ष २ महिना अघि देखि नै हिमपात भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी बर्षा भएको थियो । बर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायतको उच्च भूभागमा हिमपात भएको छ ।  

उनले नागरिकलाई निरन्तर हिमपात भइरहेकाले सचेत रहन भनिएको बताए । उनले भने हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved