सिन्धुपाल्चोक जिल्लातर्फको मोहडाबाट पहिलोपटक गाङछेँपो हिमालको सफल आरोहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 10:04:31 AM मा प्रकाशित

laxmi  sunrise bank

जुगल हिमश्रृंखला अन्तर्गत पर्ने गाङछेँपो हिमाल (६,३७८ मिटर) सिन्धुपाल्चोक जिल्लातर्फको मोहडाबाट पहिलोपटक सफल आरोहण भएको छ ।

न्यू भिजन नेपालको आयोजना तथा गरिमा भोयज टुर्स एण्ड ट्राभल्सको समन्वयमा टोलीमा ५ सदस्यहरू सानू शेर्पा, रबिन्द्र अर्याल, अशोक शर्मा भट्ट, लाल बहादुर वाइबा र रामकाजी तिवारी हिमालको चुचुरोमा पुग्न सफल भएका हुन ।

टोलीमा रहेका आठहजारभन्दा माथी उचाइका विश्वको १४ वटै हिमालको दुइ पटक सफल आरोहण गरिसकेका चर्चित नेपाली पर्वतारोही सानु शेर्पा र एनएमएका सञ्चालक समिति सदस्य लालबहादुर वाइबाले मंसिर २३ गते (नोभेम्बर ९) बुधबार र टोली नेता तथा गरिमा भोयज टुर्स एण्ड ट्राभल्सको संचालक रबिन्द्र अर्याल, न्यू भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट र मुगानका महासचिब रामकाजी तिवारीले मंसिर २५ गते (नोभेम्बर ११) शुक्रबार हिमालको चुचुरोमा पुगेका हुन् ।

दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर उक्त हिमाल आरोहण तथा ट्रेकिङका लागि ल्यान्छिङ पासको रुट हुदै नयाँ बाटो खुलाउदै सिन्धुपाल्चोक र रसुवाको पर्यटन विकाशमा नयाँ गन्तब्य विकाश गर्ने योजना रहेकोमा सो लक्ष्य तथा योजना सफल रूपमा सम्पन्न भएको छ ।

इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी’एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको टोली आरोहणको लागि कार्तिक १२ गते (ओक्टोबर २९) शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । आरोहण टोलीले काठमाडौँदेखि मेलम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए ।

त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण वेसक्याम्पसम्म पैदल यात्रा गरेका थिए । सो क्रममा टोलीलाइ पाँचपोखरी थाङपाल गाँउपालिकामा गापा अध्यक्ष, उपाध्यक्ष लगायतले एक कार्यक्रम गरी भव्य स्वागत गरेका थिए ।

त्यस्तै स्थानीय वासिन्दाले समेत टोलीलाइ नाचगान लगायतका कार्यक्रम गरी स्वागत गरेका थिए । टोलीको यस आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठत कम्पनी मोन्टुरा आउटडोर कम्पनी, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रकिङ एजेन्सीज एसोसियसन्स नेपाल, माउन्टेन गाइड एसोसियसन नेपाल, माछापुच्छ्रे बैंक लगायतले साथ दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved