१०६ किशोरी जुगल हिमालको फेदमा बसेर हिमाल चढ्ने तालिम लिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2023 | 09:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर एक सय छजना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन् ।

विश्व समावेशी साहसी संस्था जिआइएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको थियो ।

किशोरीलाई जुगल गाउँपालिकाको तीनदिने यात्राका क्रममा जिल्लाभरको इतिहास, भूगोल र धर्मसंस्कृतिबारे जानकारी दिइएको थियो । स्थानीयस्तरमा पर्वतारोहणको कला सिकाइ पर्यटन प्रवद्र्धनको विकासका लागि सहयोग पुग्ने जुगल गाउँपालिका पर्यटन समिति संयोजक मिलन तामाङले जानकारी दिए । 

सहभागीमध्ये ३५ जनालाई माउन्टेन गाइडका रुपमा तयार गरिने तामाङले बताए । पाँचजना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहणसम्बन्धी सम्पूर्ण तालिमअन्तर्गत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, हिमाल चढ्न आवश्यक सामग्री र तयारीबारे सिकाइएको थियो । एघार प्रशिक्षकले उनीहरुलाई तालिम प्रदान गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved