पर्यटन बोर्डबाट बिदा भए चन्द्र रिजाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 12:53:56 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षबाट चन्द्र रिजाल आफ्नो ३ वर्षे कार्यकाल सकेर बिदाई भएका छन् । बोर्डमा १३ वर्षदेखि रिक्त रहेको उपाध्यक्ष बन्ने अवसर पाएका रिजाल कार्यकाल सकेर बिदाई भएका हुन् ।

उनले आफूले बोर्डको सञ्चालक समिति सदस्य र उपाध्यक्षका रुपमा नेपालको पर्यटन प्रवद्र्धनका लागि असल नियत र इमानदारीताका साथ काम गरेको बताएका छन् । उनले अनेकौ अवरोधका बीचमा पनि नेपालको पर्यटन क्षेत्रमा रहेको अपार सम्भावनालाई प्रमाणित गर्न आफूले अथक प्रयास गरेको बताए ।

बोर्ड छाड्दै गर्दा रिजालले आफूलाई बोर्ड सदस्य बनाउने तत्कालिन नेपाल सरकार, उपाध्यक्ष बनाउने बोर्डका सदस्यहरु, बोर्डका सदस्य सचिव र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved