बाराहीका होटलहरुमा 'भ्यालेन्टाइन'को अफरै-अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 05:28:51 PM मा प्रकाशित

laxmi sunrise bank

बाराही हस्पिटालिटीले भ्यालेनटाइन डेको अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ । हस्पिटालिटी अन्तर्गत सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टमा विभिन्न छुट पाइने जनाइएको छ । 

काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज समेत दिने जनाएको छ । हस्पिटालिटीका अनुासर १२ हजार तिरेर उक्त छुटको फाइदा लिन सकिने छ । साथै स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज जोडीले ७ हजार रुपैयाँमै पाउने जनाइएको छ  ।

होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने जनाइएको छ ।

बाराही जंगल लजमा फेब्रुअरी १४ मा ७ हजार रुपैयाँमा जोडीलाई बफेटको सुविधा दिने हस्पिटलिटिले जनाएको छ । यस्तै बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडी सहित सौराहा जानेलाई लजले ुटेस्ट अफ लभु कार्यक्रम अन्तर्गत रोमान्टिक क्याण्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको उल्लेख गरेको छ ।

हस्पिटालिटी अन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्ने जनाएको छ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुने जनाइएको छ ।

 यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन रोमान्टिक डिनरमा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।

पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रिमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका आकर्षक विशेषता समावेश छन् । प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved