नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार गत आर्थिक वर्ष जुन महिनामा ७३ हजारको हराहारीमा पर्यटकहरु नेपाल भित्रिएका थिए भने चालू आर्थिक वर्षको जुन महिनामा मात्र करिब ७७ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
जुन महिनामा सबैभन्दा बढि भारतबाट पर्यटकहरु नेपाल आएका छन् । भारतबाट मात्र ३७ हजारको हाराहारीमा पर्यटकहरु नेपाल आएका छन् ।
त्यसपछि अमेरिकाबाट सबैभन्दा बढि पर्यटक नेपाल आएका हुन् । अमेरिकाबाट करिब ९ हजारको हाराहारीमा पर्यटकहरु नेपाल घुम्न आएका छन् । त्यस्तै चीन, बङगलादेश, अष्ट्रेलिया, जापान, कोरिया, भुटान, मलेसियालगायतका देशबाट पनि पर्यटकहरु नेपाल आएका छन् ।