४१ देशबाट आउँछन् गण्डकीमा पर्यटक, खानामा मात्र खर्च गर्छन् करिब २९%

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2024 | 11:48:31 AM मा प्रकाशित

laxmi sunrise bank

विश्वका ४१ वटा देशबाट पर्यटकहरु गण्डकी प्रदेशमा भ्रमणका लागि पुग्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

सबैभन्दा बढी पर्यटकहरु आउने देशमा भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलिया छन् । यस प्रदेशमा सबैभन्दा बढी यूरोप महादेशबाट ४६.२५ प्रतिशत पर्यटकहरु आएका छन् भने सबैभन्दा कम दक्षिण अमेरिका महादेश अर्थात् ०.७५ प्रतिशत पर्यटकहरु आएका छन् ।अफ्रिकी महादेशबाट गण्डकी प्रदेशमा पर्यटकहरु भने नआएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेशमा पुग्ने पर्यटकहरुमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकहरु सबैभन्दा बढी ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटकहरु १.५ प्रतिशत छन् ।

औसत दैनिक खर्चको हकमा पर्यटकहरुको सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत छ भने बसाईमा २७ं६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत देखिन्छ । उमेर समूहका आधारमा पर्यटकहरुको खर्च गर्ने प्रवृत्ति विश्लेषण गर्दा यस प्रदेशमा आउने पर्यटकहरुमध्ये ४६ देखि ५५ वर्ष उमेर समूहका पर्यटकहरुको बसाई खर्च, खानपान खर्च र धार्मिक खर्च क्रमशः ३२.४९ प्रतिशत, २९.२६ प्रतिशत र १।५७ प्रतिशत पाइन्छ जुन अरु उमेर समूहको भन्दा बढी हो। 

त्यस्तै, २० वर्ष उमेरसमूहको यातायात खर्च ९२४.०७ प्रतिशत र किनमेल खर्च ९९.६५ प्रतिशत सबैभन्दा बढी देखिएको छ । २१ देखि ३० वर्ष उमेरसमूहका पर्यटकहरुको मनोरञ्जन खर्च ९१८.०७ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved