नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन शुरु गरेको एक तथ्यांकले देखाएको छ । सन् २०२४ को जुलाई महिनामा मात्रै विभिन्न मुलुकबाट ६५ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सार्क मुलुकबाट मात्रै २७ हजार २१२ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै एशियन मुलुकबाट ११ हजार ९०१, यूरोपीयन मुलुकबाट ९ हजार २८० पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै,भारत, चीन,बंगलादेश, जापान, यूके, यूसए, क्यान्डा र साउथ कोरियाबाट बढि मात्रामा पर्यटक नेपाल आएका छन् ।
एक महिनामा भारतबाट २१ हजार ४९१ पर्यटन आएका छन् ।