भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउन पर्यटन बोर्डको एउटा पहल शुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2024 | 06:04:58 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालका पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले सोमबारदेखि एउटा पहलको शुभारम्भ गरेको छ।

नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन शत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।

सो अवसरमा बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको महत्वको बारेमा भने, ‘यो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो। हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।’ 

साथै उनले अहिलेको पर्यटनको प्रवृति भ्हExperience travel को रहेको पनि बताए  ।  त्यस्तै बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले यस कार्यक्रमले विद्यार्थीहरूलाई जागिर उन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड दिने बताए। कार्यक्रममा बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

यसैगरी, शुश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केहि न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिने बताइन् ।

यसपहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरूबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सृजना गर्ने आशा लिएको पर्यटन बोर्डले बताएको छ।  

 कार्यक्रमको सञ्चालन बोर्डका अधिकृत रिखीमाया राइले गरेका थिए । अन्य कलेज,शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संशाधन विकास महाशाखाको पर्यटन क्षमता बिकास एकाइमा सम्पर्क गर्नुपर्ने बोर्डको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved