नेपालमा ९ महिनामा ८ लाख पर्यटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2024 | 09:35:23 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा नौ महिनामा आठ लाख १६ हजार पर्यटक भित्रिएका छन्। यो संख्या सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले बढी भएको बोर्डले जनाएको छ। 

बोर्डका निर्देशक मणिराज लामिछानेकाअनुसार अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् भने चीनबाट आउने बढेका छन् । त्यस्तै अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका छन्। 

सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा ६ हजार ६ सय १४ पर्यटक आएका छन्। मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved