कम्बोडियासंग पहिलोपटक हवाई सम्झौता, नेपाल एयरलायन्सलाई गन्तब्य विस्तारको अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 08:40:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र कम्बोडियाबिच पहिलोपटक दुईपक्षीय हवाई सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा अोली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको   उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता अनुसार सुरुवाती चरणमा नेपाल र कम्बोडियाका बायुसेवा कम्पनीले हप्तामा १४-१४ पटक सिधा हवाई उडान भर्न सक्नेछन। यो सम्झौताले नेपाल एयरलाइन्सलाई पनि कम्बोडियामा गन्तब्य विस्तार गर्ने बाटो खुलेको छ। त्यस्तै कम्बोडियामा अहिलेसम्म नेपालबाट सीधा हवाई उडान सेवा सुरु भएको छैन । 

यो सम्झौताले कार्गो उडानलाई पनि खुला राखेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए। लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बाैद्ध धर्मालम्बी र पर्यटकलाई यसले सोझो फाइदा पुग्ने उनले बताए। आसियान देशहरुमा अब नेपालले इन्डोनेसियासँग मात्रै सीधा हवाई उडान सम्झौता गर्न बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved