आन्तरिक हवाई टिकट अब अनलाईनबाटै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 12:29:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले आन्तरिक उडानको टिकट अनलाइनबाटै लिन सकिने व्यवस्था गरेको छ । वायुसेवा निगमले आइतबारदेखि अनलाइन टिकेटिङ सुरु गरेको हो । अब आन्तरिक उडानमा यात्रुले घरैमा बसी टिकट खरिद गर्न सक्ने निगमले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगम सेवा विस्तारमा लागेको बताए । साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले निगमले नयाँ प्रविधिको प्रयोगमा जोड दिन अनलाईन टिकेटिङ सेवा सुरु गरेको बताए ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फ भने २०७४ को साउनबाटै अनलाइन टिकेटिङ सुरु गरिसेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved