वाइडबडी प्रकरणः जहाज भाडामा ल्याएको दाबी गर्ने दीपेन्द्र कँडेल झुटो सावित

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 11, 2019 | 12:37:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित वाइडबडी प्रकरणमा इन्नोभेटर इ.दीपेन्द्र कँडेलले विमान खरिद नभई भाडामा ल्याईएको बताएपछि यसमा अझ आशंका उब्जिएको छ । तर नेपालको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाज भाडामा नभई किनेरै ल्याईएको बताएपछि दीपेन्द्र कँडेलको दाबी झुटो देखिएको छ ।

दीपेन्द्र कँडेलले जहाज पोर्चुगलको हाईफ्लाई कम्पनीबाट ल्याईएको बताएका थिए । तर नेपाल वायु सेवा निगमले भने जहाज हाइफ्लाई एक्सबाट ल्याईएको जनाएको छ । कँडेलले हाईफ्लाई एक्ससँग नेपालले ल्याएका जहाजका कुनै पनि सम्बन्ध नरहेको दाबी गर्दैगर्दा आएरल्याण्डको हाईफ्लाई एक्सले नै नेपाल वायुसेवा निगमले आफुसँग जहाज किनेको भनेर लेखेको छ । यसपछि दीपेन्द्र कँडेलले बोलेका र दाबी गरेका विषय झुटो सावित भएका छन् ।

आफू उड्ययन क्षेत्रको जानकार भएको दाबी गर्ने कँडेलले जहाज भाडामा ल्याएको, पोर्चुगलको हाईफ्लाई कम्पनीबाट भाडामा ल्याएको हुनाले जहाजमा विदेशी पाइलट राखिएको दाबी गरेका थिए । तर प्राधिकरणका अनुसार वाइडबडी उडाउन तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भएकाले तत्काललाई विदेशी पाइलट राखिएको पाईएको छ । वाईडबडी जहाज उडान गर्न १५ घण्टा को–पाइलट बनेर जहाज उडाउनु पर्नेछ । त्यसपछि तोकिएका अन्य मापदण्ड पूरा गरेपछि मात्रै वाईडबडी उडाउन पाईनेछ । यसको लागी पनि अहिले विदेशी चालक राखिएको र नेपाली चालकले मापदण्ड पूरा गरेपछि जहाज नेपालीले नै उडाउने तयारी भईरहेको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार नेपाली पाइलट सक्षम भएपछि नेपालीले नै उडाउन सक्ने बताउँछन् । यद्यपी प्राधिकरणलाई यसमा कुनै चासो भने हुँदैन, प्राधिकरणले सुरक्षाको विषय मात्रै हेर्ने हो । हामीसँगको आन्तरिक कुराकानीमा पोखरेलले सीप नसिकि काम गर्दा दुर्घटना हुने भएरै नै तत्काललाई विदशी पाइलट राखिएको हुनुपर्ने बताए ।

दीपेन्द्र कँडेलले सरकारलाई नै चुनौती दिँदै जहाजको स्वामित्व नेपालको नरहेको दाबी गरेका थिए । तर प्राधिकरणका अनुसार जहाज नेपाल वायुसेवा निगमकै स्वामित्वमा छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको लगानी भएकाले यी दुई संस्थाको नाममा जहाज रोक्का राखिएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पनि दुवै जहाजको स्वामित्व आफूहरुकै रहेको भन्दै कागजात नै उपलब्ध गराएका छन् ।

उड्ययन क्षेत्रका जानकारहरु दीपेन्द्र कँडेलले सेलिब्रेटी र भाइरल हुनका लागी जेपनि बोल्दै हिडेको आरोप लगाउँछन्  ।

निगमले दुई वटा वाईडबडी जहाज ए–३३० ल्याएपछि यसमा घोटला भएको विषयमा अहिले चर्चामा छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता रहेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यसअघिः

'प्रमाणका साथ भन्छु वाइडबडी प्रकरणमा उपसमितिको प्रतिबेदन नै झुटो छ' इन्जीनियर कंडेलको अन्तर्वार्ता

वाइडबडी कस्को ? निगम भन्छ, ‘‘हाम्रै हो’’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved