भैरहवाबाट हवाई प्रवेश विन्दु दिन भारत सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 02:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन् । भारत भ्रमण सकेर आएका मन्त्री अधिकारीले भारतले हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) दिने बताएका हुन् । ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट उक्त रुटका बारेमा सहमति भएको जानकारी दिए ।

भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्नेगरी हवाई रुट बनाउने काम भइरहेको मन्त्री अधिकारीको भनाई छ । आगामी वर्षदेखि सञ्चालनको लागि तयार पार्ने लक्ष्यसहित गौतमबुद्ध विमानस्थल निर्माण भईरहेको छ ।

गत असारमा थप तीन हवाइ रुट दिन सहमति जनाए पनि भारतले पछि आनाकानी गर्दै आएको थियो । यद्यपी अहिले पनि तत्कालका लागि भैरहवामा मात्र रुट दिन भारत सकारात्मक भएको हो ।

भारतीय आकाशबाट आएका जहाज अहिले सिमरा बिन्दुबाट मात्र प्रवेश हुन्छन । महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ । भैरहवा रुटबाट हाल जहाज बाहिर जान भने  पाउँछन । यो रुटबाट नेपाल प्रवेश गर्न रुट निर्धारण भएपछि त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसिसमेन्ट) हुन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई छोटो पर्ने छ । अहिले भैरहवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम भइरहको छ । आगामी बैशाखसम्म धावनमार्ग र ट्याक्सी वे कालोपत्रे सकिने र टर्मिनल भवन सहित टावरको काम पनि असारभित्रै सकिने अयोजना प्रमुख प्रवेश अधिकारीले जनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved