पर्यटनमन्त्रीको दुर्घटना पछि हेलिकोप्टर यात्रामा नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 11:53:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्डयान प्राधिकरणले हेलिकोप्टरमा ६ जनाभन्दा बढी यात्रु सवार गर्न नपाउने ब्यवस्था गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको ज्यान जानेगरी भएको ताप्लेजुङ हेलिकप्टर दुर्घटनापछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।
उक्त दुर्घटना ओभरलोडका कारण भएको प्रारम्भिक अनुसन्धानपछि नयाँ ब्यवस्था लागु गरिएको हो ।

प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेल, हवाइ सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठ, हेलिकप्टर सोसाइटी नेपालका योगराज कँडेलसहितको बैठकले  नेपालका हेलिकोप्टरकोको नियमित परीक्षण गर्न अन्तर्राष्ट्रिय अडिट टोली बोलाईने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved