भारतसहितका देशमा बोइङ ७३७ विमान प्रतिबन्ध, के गर्दैछ नेपाल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 01:16:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बोइङ ७३७ म्याक्स ८ जहाजलाई विभिन्न देशले प्रतिबन्ध लगाएका छन् । भारत, चीन लगायतका देशले प्रतिबन्ध लगाएको यो जहाज अमेरिकाले उत्पादन गरेको नयाँ जहाज हो । भारतले आज दिउँसो ४ बजेपछि यो मोडलको जहाजलाई आफ्नो देशमा नउड्न भनेको छ ।

छ महिनामा दुई ठूला दुर्घटना भएपछि बोइङ बोइङ ७३७ म्याक्सलाई प्रतिबन्ध लगाईएको हो । इथियोपियामा भर्खरै भएको दुर्घटनामा १५७ जनाले ज्यान गुमाएपछि यो जहाज प्रतिबन्धमा परेको हो ।

सिङ्गापुरको सिल्क एयरले बोइङ ७३७ मार्फत नेपालमा पनि उडान भर्दै आएको थियो । तर अहिले सिङ्गापुर आफैले यो जहाजमा प्रतिबन्ध लगाएपछि बोइङ ७३७ नेपाल आएको छैन । त्यसकारण नेपालले यो जहाजमा औपचारिक रुपमा प्रतिबन्ध लगाउने तयारी गरेको छैन ।

नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरलेका अनुसार आउने बाटै बन्द भएपछि प्रतिबन्ध लगाउनुको अर्थ रहदैन । उनले भने, ‘नेपालमा जहाज आउने बाटै छैन, चाइना इन्डिया दुवै देशले प्रतिबन्ध लगाएपछि हामीकहाँ आउँदैन, त्यसैले प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता देखिँदैन ।’

हाल कुनै पनि नेपाली एयरलाइन्ससँग यो सिरिजका विमान छैनन् । विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले यो सिरिजका विमानमार्फत नेपालमा उडान भर्न सक्छन् । छलफलपछि प्रतिबन्ध लगाउने वा नलगाउने विषयको निक्यौल गरिने प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved