त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सुरु, के छ उडानको अवस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 12:57:52 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो ।

पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर ९एटिसी० प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धावनमार्ग मर्मतपछि आज बिहान ८ बजेदेखि नियमित उडान अवतरण भइरहेको छ । बिहान पहिलो नेपाल एयरलाइन्सको न्यारो बडी एयरबस विमानस्थलमा अवतरण गरेको थियो भने जेट एयरवेज उडेको थियो । त्यसपछि क्रमशः आन्तरिकतर्फका उडान पनि सामान्य अवस्थामा सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ ।

मर्मतका लागि विमानस्थल यही चैत १८ देखि तीन महीनासम्म दैनिक १० घण्टा बन्द हुनेछ । पहिलो दिन धावनमार्गको करीब ८० मिटर पिस परिवर्तन गरिएको क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल धावनमार्गको पिच परिवर्तन गर्दा दैनिक १४ घण्टा सञ्चालन हुने विमानस्थलले जनाएको छ । मर्मतको अवधि अर्थात् ९१ अप्रिल २०१९ देखि जुन ३०० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ ।

यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा रहँदै आएको थियो । विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुनेछ । सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइनेछ । धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बरमाा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि नियामक निकाय क्यानले धावनमार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना अघि बढाएको हो । देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ । क्यानका अनुसार विमानस्थलको धावनमार्ग मर्मत ९कालोपत्र० जिरो टु बाट शुरु गरिएको छ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ । जिरो टु देखि १६ सय मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यो भूकम्पपछि बढी समस्या आएको छ ।

‘रनवे रिह्याभ’ भनेको चार महीने होइन, यो परियोजना समयावधि १८ महीनाको हो । विमानस्थलमा अहिले दैनिक १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । गत जेठ ७ गतेदेखि विमानस्थल दैनिक २१ घण्टा र त्यसको दुई महीनापछि दैनिक २२ घण्टा चल्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved