धनगढी विमानस्थल बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 04:09:11 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी विमानस्थलमा आइतबारबाट उडान सेवा बन्द भएको छ । सुदूरपश्चिम प्रदेशलाई काठमाडौँसँग जोड्दै आएको यो विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले एक महिनाका लागि बन्द गरिएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढाथापाले जानकारी दिए । 

१८ सय मिटर लामो र ३० मिटर चौडा भएको यो धावनमार्गको आठ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ । दुई वटा जहाज मात्रै पार्किङ मिल्ने क्षेत्रलाई क्षमता बढाएर चार वटा जहाज पार्किङ गर्न सकिने गरी विस्तार गर्न लागिएको छ । जेठ २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा सुरु हुने बताइएको छ । 

१८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र स्तरोन्नति गर्न तीन वटा निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको छ ।

 धनगढी विमानस्थलबाट नेपाल वायुसेवा निगमले काठमाडौँ धनगढी हप्तामा तीन दिन हवाई सेवा उपलब्ध गराउँदै आएको थियो । बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौँ धनगढीका लागि दैनिक चार उडान भर्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved