भारतमा ‘ट्रिपल डे’ उडान भर्न निगमलाई सरकारको आग्रह

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2019 | 02:27:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई भारतमा दैनिक ३ उडान गर्न आग्रह गरेको छ । भारतबाट नेपाल उडान भर्दै आएको जेट एयरवेजले उडान बन्द गरेपछि त्यसको अभाव हुन नदिन सरकारले एनएसीलाई भारतमा ट्रिपल डे उडान गर्न आग्रह गरेको हो ।

२०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य सहित मनाउन लागिएको नेपाल भ्रमणलाई प्रभावित हुन नदिन सरकारले निगमलाई यस्तो आग्रह गरेको हो । हाल भारतमा दैनिक दुई उडान भर्दै आएको नेपाल वायु सेवा निगमलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले दैनिक ३ उडान गर्न अपिल गरेका छन् । यसका लागि सरकारले आवश्यक पहल र सरकारी स्तरबाट गर्नुपर्ने सहयोग गर्ने उनको भनाई छ । 

सरकारी आग्रह र भारतको जेट एयरवेजको उडान बन्द भएपछि पर्न सक्ने असरलाई ख्याल गरेर जेटको अभाव नहुने गरी उडान थप्ने तयारी भईरहेको नेपाल एयरलाईन्सले जनाएको छ । निगमका सहप्रवक्ता नवराज कोईरालाका अनुसार दैनिक ३ उडान भर्ने गरी तयारी थालिएको छ । निगमसँग अहिले भएका जहाजको संख्याले भारतमा दैनिक तीन उडान भर्न कठिन हुने तर आन्तरिक उडान कम गरेर भएपनि भारतमा दैनिक तीन उडान भर्ने निगमको तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved