नेपाल–भियतनाम सातामा १४ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 11:04:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–भियतनाम सातामा १४ हवाई उडान हुने भएको छ । सरकारले भियतनामलाई हप्तामा १४ उडान गर्न दिने भएको हो । सरकारले मापदण्डमा रहेर भियतनामले नेपालमा सिधा हवाई उडान गर्न चाहे सातामा १४ उडान गर्न दिने भएको हो । 

भियतनाम र नेपालबीच हवाई उडानका विषयमा पहिले नै प्रारम्भिक सम्झौता भएको र हाल प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेकाले प्रधानमन्त्रीको यो भ्रमणले पहिले भएको हवाई उडान सम्झौतालई पूर्णता दिने सम्भावना रहेको सरकारले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भियतनामबाट सिधा उडान हुने गरी सम्झौता हुन लागेको छ ।

मन्त्रालयका कार्यबाहक सचिव सुरेश आचार्यले भियतनामबाट काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नभई निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि सम्झौता हुनेछ । आवश्यकताका आधारमा विमान अवतरण हुने तर काठमाडौँमा थप हवाई चाप पर्न नदिन यसो गर्न लागिएको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved