गौतमबुद्ध विमानस्थलको काम अन्यौलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 05:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आईतबारदेखि निर्माण कार्य बन्द भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम थप अन्यौलमा परेको छ । निर्माणको जिम्मा पाएको चीनियाँ ठेकेदार कम्पनीले विभिन्न बाहानामा काम रोक्न थालेपछि आयोजनाको बाँकी काम समयमै सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरब आयोजनाका प्रमुख प्रदिप अधिकारीले आइतबारबाट रोकिएको काम सोमबारबाटै सुचारु हुने बताएपनि चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले डिजेल अभाव देखाउँदै काम सुरु गर्न आनाकानी गरेको छ । दुई हप्तादेखी विभिन्न बाहाना देखाउँदै काममा आलटाल गरिरहेको ठेकेदार कम्पनीले भूक्तानी नपाएको भन्दै आईतबारबाट काम रोकेको थियो । ठेकेदारले आयोजनाको काम रोकेपछि अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ७० करोड रुपैयाँ निकासा गरेको थियो । निकासा भईसक्दा पनि ठेकेदारले भने काम सुरु गरेको छैन ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको ७० करोड बराबरको बिल भर्पाइ एशियाली विकास कैंकलाई पठाउने बाटो मात्रै खुलेको छ । यदि यो रकम निकासा हुन ढिला भए प्राधिकरणमार्फत खर्च गर्न पाउने ३७ दशमलब ४ प्रतिशत रकमबाटै काम अघि बढाउने तयारी भईरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । 

करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा अन्तिम समयमा आएर किचलो सुरु हुँदा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नदिन चलखेल हुने गरेको प्रष्ट हुने नागरिकको बुझाई छ । उक्त विमानस्थलको धावनमार्गको चौथो तहको ५ सय मिटर मात्रै कालोपत्रे बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved